राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः ठाकुर
जनकपुर– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः महन्थ ठाकुर आएका छन् । गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा बसेको बैठकले राजकिशोर यादवलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।
चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक बनेका यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी संयोजकको जिम्मेवारीमा महन्थ ठाकुर आएका हुन् । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वभावना पार्टी, मधेसी जनधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टीको संयुक्त मोर्चाले पार्टीकरण भएपछि नवगठित राजपा नेपालको अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुरलाई चयन गरेको थियो ।
करिब साढे ३ वर्षअघि ६ वटा मधेश केन्द्रित दलहरु मिलेर बनेको सो पार्टीले प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनमा समेत भाग लिएको थियो । प्रदेश नम्बर २ मा सो पार्टीले प्रतिनिधिसभामा १२ र प्रदेशसभामा १६ वटा स्थानमा प्रत्यक्ष निर्वाचन जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण