तीन वर्षीया छोरीको हत्यापछि आत्महत्या
कैलाली– कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।
सुतेको कोठामा राति असामान्य आवाज सुनिएपछि ढोका खोली हेर्दा बेहोस् अवस्थामा फेला परेका कलेललाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।
गएको जेठ महिनामा कलेलकी श्रीमती सरिताले आफ्नै पसलमा आत्महत्या गरेकी थिइन् । श्रीमतीको आत्महत्याको घटनालाई लिएर माइती पक्षले दिएको आत्महत्या दुरुत्साहनको मुद्दापछि पक्राउ परी पूर्पक्षका लागि कारागार चलान गरिएका कलेललाई जिल्ला अदालतले साउन २२ गते निर्दोष रहेको फैसला सुनाएको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच कैलालीको भजनी नगरपालिका—७ भुरुवा गाउँका ५३ वर्षीय डल्लु डगौरा नजिकैको मोहना नदीमा आज डुबेर बेपत्ता भएका छन् । भैँसी चराउन गएका बेला यो घटना भएको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण