टिकटक बनाउने एयरहोस्टेसलाई चेतावनी
पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई सोसल मिडियामा टिकटक भिडियो सेयर गरेको भन्दै आइन्दा यसो नगर्न चेतावनी दिएको छ ।
सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेको देखिएका छन् ।
एक भिडियोमा उनीहरु एयरपोर्टमा थिए जबकी दोस्रो भिडियो उडानको क्रममा बनाइएको छ ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा युनिफर्ममा नै भिडियो बनाएका कारण यी दुई क्याबिन क्रुलाई वार्निङ दिइएको जानकारी दिएका छन् ।
पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् । त्यसकारण उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेतावनी मात्र दिइएको बताए ।

Photo: PIA
यसअघि न्याब (नेशनल अकाउन्टेबिलिटी ब्यूरो) का अध्यक्षले भिडियो ब्लगर ईवा जुबेकलाई नोटिस जारी गरेका थिए जब उनले पाकिस्तानको राष्ट्रिय झण्डालिएर नाचेर एउटा भिडियो बनाएकी थिइन् । त्यसकारण पिआईएका केही अधिकारी अहिलेसम्म अदालतको चक्कर काटिरहेका छन् ।
अर्कोतर्फ पिआईएका लागि काम गर्ने एक अधिकारीले भने, ‘यो भिडियो रोचक र ठट्टायुक्त छ । तर दुर्भाग्यवश, हामी त्यस्तो प्रकारको एयरलाइन्स होइनौं जसमा यस्तो मजाकको प्रशंसा गरियोस् । यदि यस्तै इमिरेट्स वा लुफथानसा एयरलाइन्समा हुन्थ्यो भने यो सबै चल्थ्यो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण