एनआईसी एशिया बैंकका ग्राहकलाई सेल्सबेरी तथा सेलवेजमा क्यु आर पेमेन्ट गर्दा १५% छुट
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारीअन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एन आई सी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक एपको क्यूआरमार्फत् भुक्तानी गर्दा १५% रकम वा अधिकतम रु. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रा. लिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे ।
आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण