यामाहाले ल्यायो दशैं तिहारमा ‘एक्सेञ्ज एण्ड अपग्रेड’ योजना
काठमाडौं– यामाहाको नेपाल स्थित एकमात्र आधिकारिक वितरक मोरङ अटो वक्र्सले बडा दशैं तथा तिहारलाई लक्षित गरेर नयाँ योजना ‘एक्सेञ्ज एण्ड अपग्रेड’ सार्वजनिक गरेको छ ।
यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ ।
देशभर छरिएर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना यही असोज ६ गतेदेखि प्रारम्भ भई असोज १३ गतेसम्म लागू गरिएको कम्पनीले जनाएको छ ।
एमएडब्लुका बजार व्यवस्थापक बिक्रम शर्मा पौडेलले दशैं तिहारमा बाइकप्रेमीहरुको जीवनस्तर बदल्ने चाहनामा साथ दिन यो योजना अघि सारेको बताए । उनले स्टाइलिस, माइलेजको गुरु, मजबुत एवं हर तरहको लागि उपयुक्त यामाहासँग जोडिन आतुर आजका युवाहरुलाई यस योजनाले ऊर्जा प्रदान गर्ने बताए ।
यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजनामा पुराना जुनै ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्याँकन नै ३० हजार भन्दा कम नहुने कम्पनीले बताएको छ । साथै, प्रचलित बजार मूल्यभन्दा १५ हजार थप गरेर मुल्याँकन हुनेछ । यामाहा बाइक खरीदमा ७ हजार देखि १ लाखसम्मको नगद छुट, सामानहरु सित्तैंमा तथा शोरुम मै फाइनान्स सुविधा समेत प्रदान गरिने कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण