जो कहिल्यै जुत्ता लगाउँदैनन्...
गाडी नचढी मान्छेका दैनिकी चल्छ चल्दैन ? यो जमानामा पनि जुत्ता–चप्पल नलगाउने पनि कोही होलान् ? प्रश्न अलि अनौठो जस्तो लाग्न सक्छ । तर, अझै पनि गाउँतिर औंलामा गन्न सकिने संख्याका जुत्ता–चप्पल नलगाउनेहरु छन् ।
पहिले पाएनन्, खोजेर लाएनन्, अहिले पाएर पनि लगाउँदैनन् । पाँच दशकभन्दा बढी उनीहरु खाली खुट्टै हिँडे, त्यसमै बानी परे । अहिले जुत्ता लगाएर हिड्न गाह्रो मान्दछन् । ती वृद्ध भन्छन्,‘पहिले जुत्ता–चप्पल किन्न सकेनौं, अहिले लगाएर हिँड्न जान्दैनौं ।’
कालीकोट, रोल्पा, दाङ र धनकुटामा भेटिएका जुत्ताजप्पल नलगाउनेहरुका दैनिकी अहिलेका पुस्ताले हेर्दा–सुन्दा अपत्यारिला छन् ।
कालीकोटको सन्नीत्रिवेणी–३ लुयाटाकी बुदी देवकोटा भैंसी दुहुन्छिन्, घाँस काट्नेसँगै घरधन्दाका काम गर्छिन् । हिँडडुल भने खाली खुट्टै गर्छिन् । जिल्लामा चारबीस अर्थात् ८० वर्ष पार गर्ने थोरै जेष्ठ नागरिकमध्ये उनी पनि हुन् ।
देवकोटाका खुट्टा पटपटी फुटेका छन् । तैपनि उनलाई जुत्ता–चप्पल लगाउन मन लाग्दैन । ‘पहिले पाइएन, अब मर्ने बेला के लगाउनु,’ उनले भनिन्, ‘जुत्ता–चप्पल लगाएर हिँड्नै जान्दैन, लोटी (लडी) हाल्छु ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण