पीएसजीलाई घरमै रेइम्सको झट्का
स्टार खेलाडी नेयमार र एन्जल डी मारियाले गोल गर्न नसकेपछि साविकक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) लाई घरेलु मैदानमै रेइम्सको नमिठो झट्का लागेको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधबार राति भएको खेलमा पीएसजी रेइम्ससँग २–० गोलले पराजित भयो । जारी लिगमा सातौं खेल सकिदा पीएसजीको यो दोस्रो हार हो । यसअघि पीएसजी रेनेससँग २–१ गोलले पराजित भएको थियो । घरेलु मैदानमा भने पीएसजीले १६ महिनापछि हार खेपेको हो ।
रेइम्सको जितमा २९औं मिनेटमा हसाने कामराले पहिलो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा बोउलाय डियाले गोल गर्दै रेइम्सको जित पक्का बनाए । बल पोजीसनका पकड जमाएपनि पीएसजीको गोल गर्ने प्रयास सफल हुन सकेन । हारपछि पीएसजी शीर्ष स्थानमा यथावत छ ।
पीएसजीको सात खेलबाट १५ अंक छ । समान १५ अंक बनाएको एन्जर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । आठौं स्थानमा रहेको रेइम्सको ११ अंक छ । बुधबार रातिनै भएको खेलमा एन्जर्सले टोउलुसे २–० गोलले पराजित गरेको हो । अर्को खेलमा तेस्रो स्थानको लिलेले स्टारबर्गलाई २–० गोलले नै हरायो । जितसँगै लिलेले सात खेलबाट १३ अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण