न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन प्रधानन्यायाधीश राणाको आह्वान
कठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्बद्ध सबै पक्षको साथ, सहयोग र सहकार्यको जरुरी रहेको पनि स्पष्ट पारे ।
दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसर पारेर शुक्रबार सर्वोच्च अदालतले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले मुलुकको विकास, समृद्धि तथा सुशासन र न्यायपूर्ण समाज स्थापनाका लागि यस्ता चाडपर्वहरुले उर्जा र प्रेरणा प्रदान गरुन भन्ने कामना पनि गरे । प्रधानन्यायाधीश जबराले संविधानवाद, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि पनि न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता सर्वोपरी र सर्वकालीन महत्वको विषय भएको पनि स्मरण गराए ।
प्रधानन्यायाधीश जबराले संविधान र कानुनमा उल्लेख गरिएका विषयलाई व्यवहारबाटै कार्यान्वयन गरेर स्वतन्त्र र स्वायत्त न्यायापालिकाको सुनिश्चितता गर्नुपर्ने आवश्यक्ता पनि आंैल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण