सेल्फी खिच्ने क्रममा कमला नदीमा बेपता भएका किशोर अझै भेटिएनन्
सिरहा– सिरहाको कमला नदीमा सेल्फी खिच्ने क्रममा डुवेका किशोर अझै फेला परेका छैनन् । सिरहा नगरपालिका ७ महिसोथाका नागेश्वर मरिक यादवका १५ वर्षीया छोरा टुकराज बुधबार साथीहरुसँग कमला नदिमा सेल्फी खिच्ने क्रममा डुवेका यादव अझै फेला पर्न नसकेका हुन् ।
यादव चारजना साथीसँग घुम्दै कमला नदी किनारमा पुगेका थिए । उनीसँग जाने साथीहरुको बारेमा नखुलेको प्रहरीले जनाएको छ । हराएकै दिनदेखि प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले बताए । सशस्त्र र नेपाल प्रहरीले नदिमा खोजी जारी राखेको उनले जनाए । नदीमा पानीको बहाव बढी भएकाले सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
घटनास्थलदेखि करिब पाँच किलोमिटर दक्षण भारतीय सीमा रहेकोले खोजी कार्यको लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको डिएसपी बोहराले बताए । उनले भने, ‘भारतीय सीमा नजिकै भएकाले नदी किनारमा कतै भेटिए खबर गर्नेगरी समन्वयसहित खोजी भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : प्रमुख सचेतक शाही
-
रास्वपाले कांग्रेसका वडाध्यक्षले आफ्नो नेतालाई कुटेको विषय संसदमा उठायो
-
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
-
मस्कको स्टारसिप-३६ रकेट विस्फोट
-
मन्त्री सिंह नेतृत्वको टोलीद्वारा बागमती करिडोरको अनुगमन
-
संसदभित्रै सांसद थापाले च्याते बजेट किताब