सेल्फी खिच्ने क्रममा कमला नदीमा बेपता भएका किशोर अझै भेटिएनन्
सिरहा– सिरहाको कमला नदीमा सेल्फी खिच्ने क्रममा डुवेका किशोर अझै फेला परेका छैनन् । सिरहा नगरपालिका ७ महिसोथाका नागेश्वर मरिक यादवका १५ वर्षीया छोरा टुकराज बुधबार साथीहरुसँग कमला नदिमा सेल्फी खिच्ने क्रममा डुवेका यादव अझै फेला पर्न नसकेका हुन् ।
यादव चारजना साथीसँग घुम्दै कमला नदी किनारमा पुगेका थिए । उनीसँग जाने साथीहरुको बारेमा नखुलेको प्रहरीले जनाएको छ । हराएकै दिनदेखि प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले बताए । सशस्त्र र नेपाल प्रहरीले नदिमा खोजी जारी राखेको उनले जनाए । नदीमा पानीको बहाव बढी भएकाले सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
घटनास्थलदेखि करिब पाँच किलोमिटर दक्षण भारतीय सीमा रहेकोले खोजी कार्यको लागि भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको डिएसपी बोहराले बताए । उनले भने, ‘भारतीय सीमा नजिकै भएकाले नदी किनारमा कतै भेटिए खबर गर्नेगरी समन्वयसहित खोजी भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण