अख्तियारद्वारा सशस्त्र प्रहरी हवल्दार नियन्त्रणमा
शुक्रबार, १० असोज २०७६, १८ : ३६
बुटवल– पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७ हजार घुस रकमसहित आज दिउँसो पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भूषालले जानकारी दिए ।
घरायसी सामान लिएर फर्कर्दै गरेका एक व्यक्तिसँग प्रतापपुर गाउँपालिका–२ को एक किराना पसलमा पुगेर रकम लिदैं गर्दाको अवस्थामा उनी पक्राउ परेको सूचना अधिकारी भूषालले बताए । प्रकाउ परेका मौरिया अख्तियारको कार्यालय बुटवलमा राखेर थप अुनसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण