च्याङ्ग्रा र ट्याक्सी चोरेको आरोपमा ६ जना पक्राउ

पोखरा– च्याङग्रा र ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको समय पारेर च्याङ्ग्रा र ट्याक्सी चोरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई फरक ठाउँबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पोखरा महानगर १४ मझेरीपाटनमा पार्किङमा राखेको ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ४ जनालाई समातेको छ भने अन्नपूर्ण गाउँपालिका ६ ढावामा पर्वतबाट पोखरा ल्याइँदै गरेको अभियोगमा दुई जनालाई समातिएको छ ।
पक्राउ पर्नेमा ट्याक्सी चार्ने २२ वर्षीय राजन राई, २१ वर्षीय अजय परियार, २० वर्षीय सञ्जय परियार र अर्का १४ वर्षीय बालक समेत रहेको प्रहरीले जनाएको छ । त्यस्तै पोखरा ल्याइँदै गरेको च्याङग्रा चारेको अभियोगमा २४ वर्षीय सागर गुरुङ र विशाल गुरुङलाई प्रहरीले समातेको छ ।
मुस्ताङबाट पोखरा झार्दै गरेको १९९ च्याङ्ग्रामध्ये २ च्याङ्ग्रा उनीहरुले चोरेर खाएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय