च्याङ्ग्रा र ट्याक्सी चोरेको आरोपमा ६ जना पक्राउ
पोखरा– च्याङग्रा र ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको समय पारेर च्याङ्ग्रा र ट्याक्सी चोरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुई फरक ठाउँबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पोखरा महानगर १४ मझेरीपाटनमा पार्किङमा राखेको ग १ ज ३८७१ नम्बरको मारुती सुजुकी ट्याक्सी चोरेको अभियोगमा प्रहरीले ४ जनालाई समातेको छ भने अन्नपूर्ण गाउँपालिका ६ ढावामा पर्वतबाट पोखरा ल्याइँदै गरेको अभियोगमा दुई जनालाई समातिएको छ ।
पक्राउ पर्नेमा ट्याक्सी चार्ने २२ वर्षीय राजन राई, २१ वर्षीय अजय परियार, २० वर्षीय सञ्जय परियार र अर्का १४ वर्षीय बालक समेत रहेको प्रहरीले जनाएको छ । त्यस्तै पोखरा ल्याइँदै गरेको च्याङग्रा चारेको अभियोगमा २४ वर्षीय सागर गुरुङ र विशाल गुरुङलाई प्रहरीले समातेको छ ।
मुस्ताङबाट पोखरा झार्दै गरेको १९९ च्याङ्ग्रामध्ये २ च्याङ्ग्रा उनीहरुले चोरेर खाएको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण