कहिलेसम्म ज्यानमारा जाम ? जामकै कारण एकको ज्यान गयो
काठमाडौं । चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको कोटेश्वर–जडीबुटी सडकखण्डमा घण्टौं जाममा बस्न यात्रु बाध्य भएका छन् ।
नागढुंगा–नौबिसे सडकखण्डमा लामो जामका कारण समयमै अस्पताल पु¥याउन नसक्दा शुक्रबार रौतहट गौर नगरपालिका–७ का ३७ वर्षीय रूपलाल साहको बसभित्रै मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला मृगौला रोगबाट पीडित साहको बिहान पाँच बजे बसमै निधन भएको हो । साह चढेको ना७ख ५३६४ नम्बरको बस राति २ बजेदेखि ५ बजेसम्म जाममा फसेको थियो । सडक बिग्रिएर दयनीय बनेको छ भने सडकभरि ठूला खाल्टाखुल्टी परेका छन् । निरन्तरको वर्षाका कारण सडक मर्मत हुन नसक्दा पनि जाम बढेर गएको हो ।
एक सातादेखि नागढुंगा–नौबिसे तथा कोटेश्वर–जडिबुटी सडक खण्डमा घण्टौं जाम हुँदा हजारौं यात्रु समस्यामा पर्दै आएका छन् । सडक विभागका प्रवक्ता शिवहरि सापकोटा देशैभरको सडक मर्मत गर्ने तयारीमा रहे पनि मौसमका कारण प्रभावित भएको बताउँछन् । राजधानी दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण