सुरु भयो दसैँः घटस्थापनाको लागि बालुवा झिक्न बागमतीमा घुइँचो
आइतबार, १२ असोज २०७६, ०९ : ५१
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।
बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
जमरा राख्नको लागि आज बिहानै काठमाडौँका सर्वसाधारण पशुपतिस्थित गुह्वेश्वरी मन्दिरको प्रांगणमा रहेको बागमती नदीको किनारमा बालुवा लिन पुगेका छन् ।
सो बालुवा लगेर विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गर्ने गरिन्छ ।
आज घटस्थापनाको साइत बिहान बिहान १० बजेर ३५ मिनेटमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
गुरुङको निधनमा कांग्रेसले तीन दिन पार्टीको झन्डा आधा झुकाउने
-
अब आइफोनमा पनि गुगलको ‘सर्कल टु सर्च’ फिचर
-
संघीय सरकारलाई काउन्टर : सीटीइभीटी प्रदेश सरकार मातहत राख्ने निर्णय
-
गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन कांग्रेस तयार
-
सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या