२५ जना भाग्यशालीहरु जो १ लाखका साथ मोटरसाइकल हाँकेर घर प्रस्थान
काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकलहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बडादशैंको सुखद उपलक्ष्यमा आफ्नो दशैं योजना भिक्ट्री शुभारम्भ गरेको छ ।
यस योजना अन्तर्गत यामाहा बाइक र मोटरसाइकलहरुमध्ये कुनैपनि एक खरीद गर्नेले हरेक दिन गरिने लक्की ड्रबाट रु. १ लाख नगद जित्ने मौका र कुनै पनि यामाहा मोटरसाइकलको खरीदमा रु.७ हजार देखि रु.१ लाख सम्म स्योर सट छुट प्राप्त गर्नेछन् ।
साथै केही पनि खरीद नगरेरै अर्को भिन्न सेल्फी प्रतियोगितामा हरेक हप्ता आइफोन एक्सएस जित्ने अवसर पनि यस योजनाले दिएको छ र यो हप्ताको विजेता नन्दा महर्जन भइन् ।
मनसुन झरीलाई बेवास्ता गर्दै हरेक दिन सयौं ग्राहकहरुले यामाहाको शोरुममा बाइकहरुको बारेमा जानकारी लिन तथा प्रतियोगितामा सहभागी भई भिक्टर बन्न भ्रमण गरिरहेका छन् ।
यसरी भ्रमण गरेका १ हजार भन्दा बढी सहभागीहरुमध्येबाट २५ जनाले भिक्टर बनेर १/१ लाख रुपैयाँ जितिसकेका छन् ।
नेपालमा यामाहा बाइकहरु एक अत्यन्त विश्वसनीय ब्राण्डको रुपमा चिरपरिचित छन् । यथार्थमा यामाहा बाइकहरु अत्याधुनिक नवीनतम प्रविधियुक्त छन् र चलाउनलाई भरपूर आनन्द प्रदान गर्ने विशेषताहरुले परिपूर्ण छन् । यस योजनामा ८ हजार भन्दा बढीको संलग्नता रहिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण