राष्ट्रिय वाणिज्य बैंक बौद्ध शाखाले गर्यो शुभकामना आदानप्रदान
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय बौद्ध शाखाको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शाखा कार्यालय बौद्ध परिसरमा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद कृष्ण राईले राजनीतिक परिवर्तनले मात्र जनताको जीवनस्तरमा परिवर्तन नहुने, त्यसको लागि उत्पादन तथा श्रमसँग नगरिकलाई जोड्नुपर्ने र त्यस कार्यमा नागरिकलाई बैंकहरुले सरल रुपमा कर्जा उपलब्ध गराउनुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालीहरुको चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्दै रा.वा.बैंकको बेस रेट सबैभन्दा कम भएकोले सस्तो दरमा कर्जा उपलब्ध गराईरहेको बताए ।
कार्यक्रममा नेपाल प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक, स्थानीय व्यवसायीहरु, कर्मचारीहरु, समाजसेवीहरुको लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण