तीन जिल्लामा सामाजिक सेवा एकाइ थपियो
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष थप ३ जिल्लामा सामाजिक सेवा एकाइ शाखा थप गरेको छ । ३२ वटा अस्पतालहरुमा सञ्चालन हुँदै आइरहेको उक्त सेवा अब ३५ वटा अस्पतालबाट प्रदान गरिनेछ । यो वर्ष डडेल्धुरा अस्पताल, गौर अस्पताल र तुल्सीपुर अस्पताल दाङमा सेवा थप गरिएको हो ।
सामाजिक सेवा एकाइबाट विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, लैगिक हिंसा पीडित (बालबालिका ) महिला स्वास्थ्य स्वयम्सेविका, प्रकृति प्रकोप, शहिद परिवार, कूपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी (अभिभावक नभएको), सिमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाती लगायतका व्यक्तिहरुले निशुल्क स्वास्थ्य सेवा लिँदै आइरहेका छन् ।
यस्तै मन्त्रालयले थप ४ अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरेको छ । यसअघि १२ अस्पतालमा सञ्चालन हुँदै आएको जेरियाट्रिक वार्ड मेची, जनकपुर, हेटौंडा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप गरिएको मन्त्रालयले जनाएको छ ।
जेरियाट्रिक वार्ड जेष्ठ नागरिकका लागि २०७० देखि नेपालमा स्थापना शुरु गरिएको हो । सो वार्डबाट जेष्ठ नागरिकलाई निशुल्क एवम् सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको उदेश्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण