तीन जिल्लामा सामाजिक सेवा एकाइ थपियो

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष थप ३ जिल्लामा सामाजिक सेवा एकाइ शाखा थप गरेको छ । ३२ वटा अस्पतालहरुमा सञ्चालन हुँदै आइरहेको उक्त सेवा अब ३५ वटा अस्पतालबाट प्रदान गरिनेछ । यो वर्ष डडेल्धुरा अस्पताल, गौर अस्पताल र तुल्सीपुर अस्पताल दाङमा सेवा थप गरिएको हो ।
सामाजिक सेवा एकाइबाट विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, लैगिक हिंसा पीडित (बालबालिका ) महिला स्वास्थ्य स्वयम्सेविका, प्रकृति प्रकोप, शहिद परिवार, कूपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी (अभिभावक नभएको), सिमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाती लगायतका व्यक्तिहरुले निशुल्क स्वास्थ्य सेवा लिँदै आइरहेका छन् ।
यस्तै मन्त्रालयले थप ४ अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरेको छ । यसअघि १२ अस्पतालमा सञ्चालन हुँदै आएको जेरियाट्रिक वार्ड मेची, जनकपुर, हेटौंडा, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप गरिएको मन्त्रालयले जनाएको छ ।
जेरियाट्रिक वार्ड जेष्ठ नागरिकका लागि २०७० देखि नेपालमा स्थापना शुरु गरिएको हो । सो वार्डबाट जेष्ठ नागरिकलाई निशुल्क एवम् सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको उदेश्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी