सभामुख महराले दिए राजीनामा
एक महिलामाथि यौनदुर्व्यहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेमार्फत् राजीजामा दिएका हुन् ।
महराले आफ्नो राजीनामा पत्रमा आफुमाथि लागेको आरोपमा सत्यतथ्य छानविन गर्न सहज होस् भनेर राजीनामा दिएको बताएका छन् ।
‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य निश्पक्ष र स्वतन्त्र छानविनका लागि अअनुसन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रकृया नसकिदासम्मका लागि राजीनामा दिएको छु,’ महराको राजीनामामा भनिएको छ ।
यसअघि सत्तारुढ दल नेकपाको आकस्मिक बसेको सचिवालय बैठकले पनि महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको थियो । सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई यौनदुव्र्यवहार गरेको आरोप लागेको घटना सोमबार सार्वजनिक भएको थियो ।
पीडित महिलाले महराले आफुलाई जर्वजस्ती गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।
सभामुख महराले महिलामाथि गरेको दुव्र्यवहारको समाचार सार्वजनिक भएपछि उनको सचिवालयले सोमबार बेलुका सभामुखलाई फसाउने षड्यन्त्र भएको दावी गर्दै प्रेश विज्ञप्ति जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

