दिउँसै खुकुरी देखाएर गुण्डागर्दी गर्दै हिँड्ने चार जना पक्राउ
सुनसरीको इटहरीमा दिउँसै गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले हातमा रहेको धारिलो हरियार देखाइ प्रहार गर्न लागेका ५÷६ जनाको समूह पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी–८ का २० वर्षीय गोरे भन्ने अनिष सुवेदी, १९ वर्षीय दोर्जे वाईबा, २० वर्षीय शिशिर बस्नेत र बोकी घिमिरे रहेको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका–९ मा रहेको सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै वडा नं १० का सागर तामाङलाई खुकुरी प्रहार गर्ने प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शर्माले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट प्रहरीले खुकुरीसमेत बरामद गरेको छ ।
उनीहरुलाई असोज १३ गतेदेखि १० दिन म्याद थप गरी दफा ११८ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता विरुद्धको मुद्दा दायर गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये गोरे भन्ने अनिष सुबेदी यो भन्दा अगाडि पनि खुकुरी प्रहरी गरी ज्यान मार्ने उद्योगमा ५० हजार धरौटीमा तारेखमा छुटेका थिए ।
यसैगरी, गुण्डागर्दी गरी डर, धम्की देखाई रकम असुल्ने काममा संलग्न हुँदै आएका एक जना पक्राउ परेका छन् ।
ईटहरी उपमहानगरपालिका–६ बस्ने ३२ वर्षिय अबिनाथ लिम्बु लाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो । उनी यसभन्दा अगाडि सार्वजनिक हित, स्वास्थ्य, सूरक्षा, सुविधा र नैतिकता विरुद्धको मुद्दामा ३० हजार धरौटीमा रिहा भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण