शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दशैँ बिदामा पनि रक्तसञ्चार सेवा नियमित

शुक्रबार, १७ असोज २०७६, २३ : १५
शुक्रबार, १७ असोज २०७६

    काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गर्ने सेवा दशैँका बिदाको दिन पनि निरन्तर सञ्चालनमा आउने भएका छन् । 

    सो अवधिमा विपद्को घटनाको व्यवस्थापन गर्न केन्द्रीयस्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा टोली सक्रिय रहने रेडक्रसले जनाएको छ । 
    
    यसैगरी रक्तसञ्चार सेवा पनि नियमित रूपमै सञ्चालनमा आउनेछ । रक्त सञ्चार केन्द्रमा दैनिक छ जनाले ‘ड्यूटी’ गर्ने व्यवस्था मिलाइएको छ । रक्त सञ्चार केन्द्रमा एक हजार २०० यूनिट रगत मौज्दात राखिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।  आपतकालीन अवस्था आइपरे आकस्मिक रक्तदान आयोजना गर्न सकिने रेडक्रसले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप