महराविरुद्ध रोशनी शाहीले दिइन् प्रहरीमा किटानी जाहेरी, अब पक्राउ पर्लान् ?
काठमाडौँ– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार प्रयासको अभियोगमा प्रहरीमा किटानी जाहेरी परेको छ ।
संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर किटानी जाहेरी दिएकी हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पीडित रोशनीले महराविरुद्ध किटानी जाहेरी दिएको पुष्टि गरे । महराविरुद्ध उजुरी परेसँगै उनी पक्राउ पर्ने सम्भावना बलियो बनेको छ । प्रहरी स्रोतले उजुरीपछि थप अनुसन्धान भइरहेको जनाएकाे छ ।
गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने आफ्नो बोलीको खण्डनन गरेकी थिइन् । उनले आफ्नो बोलीको खण्डन गरेको भएपनि धेरैले उनले दवावमा बोली फेरेको टिप्पणी गरेका थिए ।
बलात्कार आरोप लागेपछि महराले नेकपाकाे सुझावकाे आधारमा सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । तर प्रहरी अनुसन्धानबाट भने महरा रोशनीको कोठामा पुगेको पुष्टि भइसकेको छ ।
यसैबीच महरामाथि कारबाही गर्न दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापाले आईजीपी सर्वेन्द्र खनालसहितको बैठक बोलाएका थिए ।
सोही बैठकमा गृहमन्त्री थापाले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । सोही छलफलपछि रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण