भद्रपुर नगरपालिकाले दशैँमा विपन्न परिवारलाई दियो पक्की घर
झापा – भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न सन्थाल परिवारलाई नयाँ पक्की घर दिएको छ ।
भद्रपुर–१ को बाहाटोलका १० घर सन्थाल समुदायलाई पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित रु चार लाख २६ हजारका दरले घर निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले बताए । उनका अनुसार विपन्नताको आधारमा छनोट भएका सन्थाल परिवारलाई घर निर्माण गरी दशैँको अवसर पारेर हस्तान्तरण गरिएको हो ।
भद्रपुरको वडा नं १ र ३ मा यस वर्ष २४ घर निर्माण गरिएको भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले बताए । उनले बाँकी १४ घरको समेत निर्माणकार्य सकिनै लागेकाले तिहारअघि नै अन्य विपन्न परिवारलाई हस्तान्तरण गरिने जानकारी दिए ।
वषौँदेखि माटो र खरको घरमा जीवन गुजार्दै आएका सन्थाल समुदाय दशैँको बेला नयाँ पक्की घरमा बस्न पाएपछि खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण