१० दिनमा २४ हजार पर्यटक साउदी अरेबिया पुगे
रियाद – पर्यटक भिसामा सरलीकरण गरी पर्यटक भिसा जारी गर्न थालेपछि दश दिनको अवधिमा २४ हजार पर्यटकले साउदी अरेबियाको भ्रमण गरेको साउदी सरकारी टेलिभिजनले जनाएको छ ।
साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा पर्यटक भिसा दिने नीति ल्याउन लागेको घोषणा गरेको थियो ।
साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको थियो । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ ।
तेलका कारण समृद्ध साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले अर्थतन्त्रलाई विविधिकरण गर्ने उपायस्वरुप पर्यटन प्रबद्र्धनलाई अघि सार्नुभएको छ ।
साउदी अरेबियाको पर्यटन विभागले एक विज्ञप्ति प्रकाशन गरी एकल भ्रमणमा निस्केका साउदी महिलाले पनि वैधानिक परिचयपत्रका आधारमा यो सुविधा उपभोग गर्न पाउने बताएको छ ।
विगतमा होटलमा बस्न चाहने दम्पतीले पनि विवाहित रहेको कागजात होटल समक्ष प्रस्तुत गर्नुपर्ने नियम थियो । “पर्यटकका लागि यो अबदेखि आवश्यक पर्ने छैन,” विज्ञप्तिमा भनिएको छ ।
साउदी अरेबियाले गत वर्ष सेप्टेम्बर २७ मा मुलुकका केही कानुनमा सुधार गरी पर्यटन प्रबद्र्धनमुखी नीतिहरु अघि ल्याउने घोषणा गरेको थियो । साउदी अरेबियाले विगतमा मुस्लिम तिर्थयात्री, विदेशी कामदार र खेलकूद वा सांस्कृतिक कार्यक्रमका दर्शकका लागि मात्र भिसा जारी गर्ने गरेको थियो ।
संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र धेरैजसो युरोपेली युनियनमा आबद्ध समेत ४९ मुलुकका नागरिकले अनलाइन ई–भिसा लिन वा आगमनकै क्षण भिसा लिन पाउने नयाँ नियम पनि सार्वजनिक गरिएको छ तर सेप्टेम्बर २८ मा गरिएको एक आदेशमा विदेशीले पोशाक लगाउँदा मुस्लिम शरिया कानुन विपरीतका पोशाक वा वेशभुषा लगाउन नपाउने र लगाएको पाइए जरिवाना गर्ने नियम अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण