अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको हो ।
डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ ।
सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष जीवन कुमार थापा मगरले बताए ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए ।
दुर्घटनापछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी लम्साल, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुतिको मृत्यु भएको खुलेको छ ।
मृत्यु भएका बाँकी ६ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु