अपडेट : सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घटनास्थलमा ५ जनाको, उपचारमा लाँदै गर्दा एक जना र धुलिखेल अस्पतालमा उपचारको क्रममा पाँच जनाको मृत्यु भएको हो ।
डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ ।

सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

बस दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष जीवन कुमार थापा मगरले बताए ।
घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए ।
दुर्घटनापछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी लम्साल, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुतिको मृत्यु भएको खुलेको छ ।
मृत्यु भएका बाँकी ६ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण