राष्ट्रपति सीलाई राप्रपा संयुक्तको अभिवादन
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको युगौ पुरानो मैत्रिपूर्ण सम्बन्ध बदलिदो विश्व परिवेश अनुरुप थप मजबुत र मैत्रिपुर्ण हुने विश्वाश व्यक्त गरेको छ ।
राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवै छिमेकीले संवेदनशीलतालाई भावनात्मक एवं वस्तुगत रुपमा बुझेको र त्यसैअनुरुप व्यवहार गरेको उल्लेख गरेका छन् ।
‘नेपाल र नेपालीका विशिष्ट पाहुना चिनियाँ राष्ट्रपतिको यस भ्रमणले दक्षिण एशियामा सथायित्व, शान्ति र विकास थप सहयोग पुग्ने अपेक्षा गर्दै सीको नेपाल भ्रमण सफल हुनेमा राप्रपा संयुक्त विश्वास व्यक्त गर्दछ’ राप्रपा संयुक्तको विज्ञप्तिमा उल्लेख छ ।
राप्रपाले नेपाल चीनबीचको सम्बन्धले थप उचाई प्रदान गर्ने भन्दै सीको नेपाल भ्रमण सफलताको कामनासहित अभिवादन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण