तीन वर्षपछि बलिउडमा फिर्ता, किन चलेन प्रियंका चोपडाको फिल्म
सलमान खानको फिल्म भारत छोडेपछि प्रियंका चोपडाले ‘द स्काई इज पिंक’ मार्फत् बलिउडमा फिर्ता हुने घोषणा गरेकी थिइन् । प्रशंसक एकातर्फ सलमान खान र प्रियंका चोपडाको जोडीलाई पुनः देख्न नपाउँदा रिसाएका थिए भने यो खबर सुनेपछि धेरै प्रशंसक उत्साहित पनि भएका थिए । प्रियंका तीन वर्षपछि बलिउडमा फिर्ता हुन लागेको थिइन् ।
तर जब उनको कमब्याक फिल्म ‘द स्काइृ इज पिंक’ रिलिज भयो तब बक्स अफिसमा यो फिल्मले जनताबाट खासै राम्रो प्रतिक्रिया पाएन । प्रियंका चोपडा, फरहान अख्तर, जायरा वसीम र रोहित सराफ स्टारर यो फिल्मको तारिफ जताततै भयो । समीक्षकले पनि सबैको प्रस्तुती र फिल्मको कहानीको प्रशंसा गरे भने प्रियंकाको निकै तारिफ पनि गरियो ।
तर आखिर किन यो फिल्मले बक्स अफिसमा कमाई गर्न सकेन ?
यो एक वास्तविक जीवनको कहानीमा बनेको निकै साधारण र अत्यधिक भावुक फिल्म भएकाले पनि यसले धेरै कमाई गर्न नसकेको अनुमान गरिएको छ । यो फिल्ममा कुनै एक्सन छैन, कुनै मसला छैन । यतिबेला हेर्ने हो भने बक्स अफिसमा सबैभन्दा धेरै धुम ऋतिक रोशन र टाइगर श्रोफ स्टारर फिल्म वारले मच्चाएको छ । यो फिल्ममा अत्यधिक एक्सन, ड्रामा, सस्पेन्स र मसाला छ । यसैकारण जनता यसैतर्फ बढी आकर्षित भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण