माटोको ढिस्कोमा पुरिएर १ बालिकाको मृत्यु, २ घाइते
बिहीबार, ३० असोज २०७६, १० : ४३
जनकपुर । धनुषामा माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
धनुषाधाम नगरपालिका वडा नम्बर ५ स्थित नौसयविघामा माटो खन्न गएकी वडा नम्बर २ बस्ने १३ वर्षीया अञ्जली कुमारी यादवको मृत्यु भएको छ भने घाइते भएका २ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले जानकारी दिए ।
माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोमा उनीहरु पुरिएका थिए । दिपावली नजिकिदै गएकाले घर लिपपोतको लागि बिहीवार विहानै माटो खन्न गएका थिए । घाइते धनुषाधाम–२ की रिंकु यादवको स्थानीय क्लिनिक र ममताको जनकपुरमा उपचार भइरहेको प्रहरीले निरीक्षक थापाले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण