विपद् व्यवस्थापन न्यूनीकरणमा तीनै तहको सरकारको उत्तिकै जिम्मेवारी: गृहमन्त्री थापा
काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताएका छन् । नेपाल भौगर्भिक समाजले आज यहाँ आयोजना गरेको ‘विपद् न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस–२०७६ कार्यशाला गोष्ठी’मा उनले नेपाल विपद्को उच्च जोखिमको क्षेत्र भएकाले यसलाई न्यूनीकरण गर्न तीनै तहको सरकारको भूमिका रहेको बताएका हुन् ।
‘विपद् न्यूनीकरणका लागि सरकारी तवरबाट कानूनी र नीतिगत व्यवस्था गरिएको छ, अब आउने विपद् न्यूनीकरण गर्न क्षमता र कौशलको विकास गर्नु जरुरी छ’, उनले भने । बढ्दो विश्व तापमानका कारण हिमालमा ह्रास आउनेक्रम बढेको उनको भनाइ थियो ।
गृहमन्त्री थापाले विपद्का कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बलियो संरचना निर्माणमा ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । विपद्को सामना गर्न सरकारी, गैरसरकारी निकाय एकताबद्ध हुनु जरुरी रहेको उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित स्थानमा भौतिक संरचनामा ध्यान दिनुपर्ने बताए । उनले २०७२ पछिको भूकम्पपछिको पुनःनिर्माण तीव्र गतिमा भइरहेको उल्लेख गरे ।
युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंहले दिगो विकासको लक्ष्यलाई पूरा गर्न विपद् न्यूनीकरणमा प्राथमिकता दिनुपर्ने बताए । खानी तथा भू–गर्भ विभागका महानिर्देशक डा.सोमनाथ सापकोटाले विपद् व्यवस्थापन न्यूनीकरणलाई संविधानमै उल्लेख गरेकाले यसलाई कम गर्नका लागि सबै क्षेत्र लाग्नुपर्ने बताए ।
सन् १९८९ देखि राष्ट्रसङ्घीय महासभाले विश्वमा विपद् सचेतनाको संस्कार बसाउन र विपद् न्यूनीकरण प्रवद्र्धन गर्न दिवस मनाउने निर्णयअनुसार नेपालमा पनि अक्टोबर १३ तारिखमा उक्त दिवस मनाउन शुरु गरिएको हो ।
नेपाल भौगर्भिक समाजका अध्यक्ष रामप्रसाद घिमिरेले विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । नेपालमा दुई वर्षको अवधिमा छ हजार ३८१ साना ठूला विपद्का घटना घटेको अध्यक्ष घिमिरेले बताए । सोही अवसरमा गृहमन्त्री थापाले नेपालमा विपद् व्यवस्थापनसम्बन्धी पुस्तक सार्वजनिक गरेका थिए । ९
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण