ललितपुरमा रोकिराखेको बसमा आगलागी
आइतबार, ०३ कात्तिक २०७६, १४ : ००
ललितपुर– ललितपुर महानगरपालिका–१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुई वटा समा आज बिहान आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान १०ः५५ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।
आगलागीबाट पार्किङ गरिराखेको बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा २ ख ५९४५ नं. को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए । ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण