‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना माघ १ गतेबाट सुरु हुने
काठमाडौं–‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ ।
केन्द्रिय तथ्यांक विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो । सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
सो नमूना जनगणनाका लागि सुरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ ।
सुपरिवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले बताए । यसअघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ ।
सबै प्रदेशको २÷२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान पनि गरेको छ ।
पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मूल नारा पनि सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण