कडा सुरक्षा घेरामा अफ्ताव आलम,अदालत लैजाँदा जे देखियो (फोटोफिचर)

रौतहट– जिल्ला अदालत रौतहटले निलम्बित सांसद अफ्ताव आलमलाई दोस्रो पटक ५ दिनको म्याद थप गरेको छ । पछिलो एक सातादेखि प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि प्रहरीले बयानका लागि थप म्याद मागेको थियो । न्यायाधीश चाणकमणि अर्यालको इजलासले थप अनुसन्धानका लागि ५ दिनको म्याद थपेको प्रहरी निरीक्षक पप्पु नायकले बताए । पीडितको तर्फबाट जिल्ला न्याधिवक्ता फणिन्द्रराज कटुवालले बहस गरेका थिए भने आलमको तर्फबाट करिब १५ जना वकिलले बहस गरेको स्रेस्तेदार गुणराज पराजुलीले बताए ।
पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लागाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका आलमलाई सर्बोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।
पहिलो संविधानसभा निर्वाचन आउनै लाग्दा २०६४ फागुन २७ गते आलम नेतृत्वको समूहले बनाउन लागेको बम विष्फोट हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौ घाइते भएका थिए । घाइतेहरुलाई आलमको आदेशमा सिरिन्ज लगाई जिउँदै भट्टामा धकेलेर मारेको पीडितहरुको गुनासो छ । आज उनलाई बयानका लागि अदालत लैजाँदा सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना
-
रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता