उपनिर्वाचनका लागि उम्मेदवारको नाम पठाउन राजपाको निर्देशन
आइतबार, ०३ कात्तिक २०७६, २१ : २५
काठमाडौं – राष्टिय जनता पार्टी (राजपा) नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको नामावली कात्तिक १५ गतेभित्र केन्द्रमा पठाउन जिल्ला तहलाई निर्देशन दिएको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको विभिन्न पदको लागि हुने निर्वाचन प्रयोजनका लागि आ–आफनो जिल्लामा प्रत्येक पदका लागि तीन÷तीन सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएका हुन् ।
‘जिल्ला अध्यक्षण मण्डलको सबै सदस्यलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई, बैठक बसी, बैठकबाट छनोट गरी उम्मेदवारको नामावली २०७६ कात्तिक १३ गते पाँच बजेसम्म अनिवार्य रुपमा राजपा नेपाल केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा पठाउन निर्देशन गरिन्छ’ विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण