ट्रिपरले ठक्कर दिँदा एकजनाको मुत्यु, एकजना गम्भीर घाइते
सोमबार, ०४ कात्तिक २०७६, १६ : ४३
परासी– नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मुत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । भैरहवा—भुमही सडक खण्डमा सोमबार दिउँसो टिपर र मोटरसाईकल एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक रामग्राम १८ बस्ने ३० वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको हो । रामग्राम १८ कै ३२ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको प्रहरीले जानएको छ ।
गम्भिर घाईते चौधरीको उपचार पृथ्वीचन्द्र अस्पताल परासीमा हुन नसकेपछि थप उपचारको लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय डिएपी वीरेन्द्र थापाले जानकारी दिए । भैरहवाबाट भुमहीतर्फ आउँदै गरेको लु १ख ५६५८ नम्बरको ट्रिपर र बिपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जनाइएको छ । ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण