‘बीच्च बीच्चमा’ का गायक दुर्गेश थापाविरुद्ध उजुरी
काठमाडौं– तिहारको छेको पारेर ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत सार्वजनिक गरेका गायक दुर्गेश थापा विवादमा तानिएका छन् । उनको गीत विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनी विवादमा तानिएका हुन् ।
उजुरीको आधारमा प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार समेत गरेको छ ।
प्रशासनको आग्रहमा थापालाई छलफलका लागि बोलाएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको छ । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।
तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ प्रमोशन गीत नै बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण