फिल्म छ माया छपक्कै हेरेपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले फिल्म छ माया छपक्कै हेरेका छन् । मंगलबार सुन्धारास्थित क्युज चलिचत्र भवनमा उनले ४:४५ को शो हेरेका हुन् ।पत्नी हिसिला यमी र केही सहयोगीका साथ हल पुगेका उनले पुरै फिल्म चाख दिएर हेरेका थिए ।
फिल्म हेरेपछि भट्टराईले सञ्चाकमीसँग कुरा गर्दै फिल्म मन परेको बताए । फिल्मले नेपाली राजनीतिको समसामयिक बिषयबस्तु चित्रण गरेको भट्टराईको भनाई थियो । फिल्ममा मनोरन्जन पनि छ। यस्तो फिल्म बन्यो भने समाज रूपान्तरणमा सहयो पुग्छ, भट्टराईले भने
छ माया छपक्कै नेपालको रामो फिल्ममा गणना हुने बताएका भट्टराईले फिल्मले चुनावको बेला राजनीतिक नेताले जनता ढाट्ने बिषय पनि रामोसँग उठाएको दाबी गरे । भट्टराईले फिल्मको अन्त्य नो भोटबाट गरेको भए झनै रामो हुने बताए । फिल्ममा दुई राजनीतिक कथा उठाइए पनि अन्त्य भने सन्तुलित छ ।
अभिनेता दिपकराज गिरीले नेपाली राजनीतिको केही अध्ययन गरेर फिल्मको कथा बनाएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल