फिल्म छ माया छपक्कै हेरेपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया
काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले फिल्म छ माया छपक्कै हेरेका छन् । मंगलबार सुन्धारास्थित क्युज चलिचत्र भवनमा उनले ४:४५ को शो हेरेका हुन् ।पत्नी हिसिला यमी र केही सहयोगीका साथ हल पुगेका उनले पुरै फिल्म चाख दिएर हेरेका थिए ।
फिल्म हेरेपछि भट्टराईले सञ्चाकमीसँग कुरा गर्दै फिल्म मन परेको बताए । फिल्मले नेपाली राजनीतिको समसामयिक बिषयबस्तु चित्रण गरेको भट्टराईको भनाई थियो । फिल्ममा मनोरन्जन पनि छ। यस्तो फिल्म बन्यो भने समाज रूपान्तरणमा सहयो पुग्छ, भट्टराईले भने
छ माया छपक्कै नेपालको रामो फिल्ममा गणना हुने बताएका भट्टराईले फिल्मले चुनावको बेला राजनीतिक नेताले जनता ढाट्ने बिषय पनि रामोसँग उठाएको दाबी गरे । भट्टराईले फिल्मको अन्त्य नो भोटबाट गरेको भए झनै रामो हुने बताए । फिल्ममा दुई राजनीतिक कथा उठाइए पनि अन्त्य भने सन्तुलित छ ।
अभिनेता दिपकराज गिरीले नेपाली राजनीतिको केही अध्ययन गरेर फिल्मको कथा बनाएको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण