सौरभ गांगुलीले लिए भारतीय क्रिकेट बोर्ड अध्यक्षको जिम्मेवारी
मुम्बई– भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन् ।
बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो । अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो ।
बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीले मुख्य जिम्मेवारी पाएकामा खुशी लागेको बताए । यो समितिको म्याद पनि नवनिर्वाचित कार्य समितिले सपथ लिएसँगै समाप्त भएको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा एवं गुजराज क्रिकेट संघका जय शाह बोर्डको सचिवमा निर्वाचित हुनुभएको बिसिसिआईको निर्वाचन अधिकृत एन गोपालास्वामीले बताए ।
यस्तै, बोर्डको उपाध्यक्षमा उत्तराखण्ड क्रिकेट संघका महिम बर्मा तथा संयुक्त सचिव पदमा केरला क्रिकेट संघका जयेश जर्जले उम्मेदवारी दिएका छन् ।
हिमाचल प्रदेश क्रिकेट संघका अरुण सिंह धुमलले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको बोर्डको निर्वाचन समितिले जनाएको छ । एएनआई/
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण