दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ
तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन ।
नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ ।
नेपाल ट्रष्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारको नाममा रहेका सम्पत्तिलाई नेपाल सरकार मातहत ल्याउने कार्य थालिएको १२ वर्ष भइसकेको छ । यसरी प्राप्त सम्पत्तिबाट आर्जन भएको करिब ७५ करोड रुपियाँ ट्रष्टको नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र भाडाबापत बर्से्नि करिब नौ करोड रुपियाँ आर्जन भइरहेको छ ।
कानुनतः नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्ने व्यवस्था सुरुदेखि नै भए पनि त्यस क्षेत्रमा हालसम्म खर्च गरिएको छैन ।
नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, “पहिले सञ्चालक समिति ठूलो थियो, बैठक बस्नै मुस्किल हुन्थ्यो । बल्ल छरितो सञ्चालक समिति पाएका छौँ । अब सम्पत्तिको प्रयोग गर्ने बारेमा अगाडि बढ्छौँ । ” विगतमा १३ सदस्यीय रहेको नेपाल ट्रष्टको सञ्चालक समिति अब सात सदस्यीय बनेको छ । विगतमा सबै सदस्यलाई जुटाउन निकै हम्मे पर्ने गरेको ट्रष्टका कर्मचारी बताउँछन् । गत वैशाख १७ गते नयाँ सञ्चालक समिति पाएको ट्रष्टको हालसम्म दुई वटा बैठक बसेको थाहा भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोकिएको समयसीमाभित्रै सदस्यता अद्यावधिक गरिसक्न कांग्रेसकाे आग्रह
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
नीति प्रतिष्ठानको चौथो बैठकमा विषयगत अवधारणा प्रस्तुत, आचारसंहिता पारित
-
आर्टेमिस–३ मिसनका लागि चालक दल घोषणा
-
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण