मेस्सीको खेलको तेस्रो मिनेटमै गोल, बार्सिलोना विजयी
कप्तान लियोनल मेस्सीले कीर्तिमान रचेसँगै बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । बुधबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोनाले स्लाभिया प्राहलाई २–१ गोलले हरायो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको तेस्रो मिनेटमै सुरुवाती गोल गरेका थिए । यस गोलसँगै मेस्सी च्याम्पियन्स लिग फुटबलमा लगातार १५औं सिजनसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् । मेस्सीले जारी सिजन चोटका कारण सुरुवाती केही खेल गुमाएका थिए । अहिले चोट मुक्त बनेका मेस्सीले स्लाभियाविरुद्धको गोलपछि फरक टोलीवरुद्ध ३३ गोल गर्ने खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् । मेस्सीले च्याम्पियन्स लिगमा समग्रमा ३३औं फरक टोलीविरुद्ध गोल गरेका हुन् । यसअघि राउल र क्रिस्टियानो रोनाल्डोले ३३ फरक टोलीविरुद्ध गोल गर्दै कीर्तिमान बनाएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा स्लाभियाले ५०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । जान बोरिलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५७औं मिनेटमा स्भालियाका पिटर ओलायिन्काको प्रहार आत्मघाती गोलमा परिणत भएपछि बार्सिलोनाको भाग्य खुलेको थियो । त्यही आत्मघाती गोलनै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
जितसँगै तीन खेलबाट सात अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ । एक अंक बनाएको स्लाभिया अन्तिममा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टरले जर्मन क्लब बोरुसिया डटमन्डलाई २–० गोलले पराजित गरेको छ । घरेलु मैदानमा इन्टरलाई जिताउन लौटारो मार्टिनेजले २२औं र एन्टोनियो कान्ड्रेभाले ८९औं मिनेटमा गोल गरे । जितसँगै चार अंक बनाएको इन्टर तेस्रो स्थानमा छ । समान चारनै अंक बनाएको बोरुसिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण