ललितपुरको ग्वार्कोमा बसभित्र घेरा हाली ६४ हजार लुट्ने तीनजना पक्राउ
ललितपुरको ग्वार्कोबाट तीन जना पेसेबर डाँका पक्राउ परेका छन् । शुक्रबार कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बसभित्र घेरा हाली धाकधम्की दिई ६४ हजार लुटपाट गर्ने तीनजना लुटेरा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बलेफी–६ घर भई ललितपुर–१ इमाडोल बस्ते सुजन तामाङ, काभ्रे बेथानचोक–६ घर भई हाल ललितपुर महालक्ष्मी–१ बस्ने सुमन आलेमगर र मकवानपुर कुलेखानी–४ घर भई ललितपुर–१ राता मकैचोक बस्ने सुरज तामाङ रहेका छन् ।
उनीहरुले कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बा. ३ ख ४७६५ नम्बरको बसमा सवार रहेका काभ्रे स्थायी घर भएका मंगल बहादुर लोप्चनलाई बसभित्र घेरा हाली धम्की दिएर रकम लुटेका थिए ।
लोप्चन वैदेशिक रोजगारीमा जानको लागि बनेपाबाट काठमाडौँ आएका थिए । बनेपाबाट कोटेश्वर ओर्लिएका उनी जावलाखेलमा रहेको मेनपावर जानको लागि बस चढेका थिए । बसमा यात्रुहरु खचाखच भएकाले उनी उभिएको र उभिएको समयमै तीनै जना लुटेराले घेरा हाली रकम लुटेको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिए ।
डिएसपी मिश्रका अनुसार रकम लुटिएपछि लोप्चनले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै चेकजाँच गर्ने क्रममा बसलाई प्रहरीले सातदोबाटोबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बसमा रहेका सबै यात्रुलाई चेक जाँच गर्न सातदोबाटो वृतमा लगेको थियो । चेकजाँचको क्रममा सुजन तामाङको साथबाट लुटिएको ६४ हजार बरामद भएको डिएसपी मिश्रले बताए ।
प्रहरीले लुटपाटमा संलग्न तीनै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण