आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षाको माग गर्दै प्रदेश २ का पेट्रोल पम्प बन्द

शनिबार, ०९ कात्तिक २०७६, १० : २१
शनिबार, ०९ कात्तिक २०७६

जनकपुर । प्रदेश नम्बर २ का सम्पूर्ण पेट्रोल पम्पहरु बन्द भएको छ । शनिबार विहानैदेखि प्रदेश नम्बर २ को ८ वटै जिल्लाको सम्पूर्ण पेट्रोल पम्प सञ्चालकले बन्द गरेका हुन् । 

पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या भएको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले धनुषाको सम्पूर्ण पेट्रोल पम्प बन्द रहेको घोषणा गरेको छ । 

यता महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीका पेट्रोल पम्पहरु २ घण्टाको लागि मात्र बन्द गरिने एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न समेत माग गरेको छ । 

आज साँझ ५ बजेसम्म पेट्रोल पम्पहरु बन्द रहनेछ भने धनुषा बाहेकका जिल्लामा १२ बजेदेखि २ घण्टासम्म बन्द रहने जनाएको छ ।

गत बुधबार जनकपुरमा पेट्रोल पम्प सञ्चालक व्यवसायी मनोज साहलाई अर्का निर्माण व्यवसायी पंकज चौधरीले लेनदेनको विषयमा आफ्नै घरमा गोली हानी हत्या गरेका थिए । 

मृतक मनोजको धनुषाको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल लिए बापत ८ लाख रूपैयाँ लिन बाँकी थियो । सोहि रकम लिनका लागि मनोज पंकजको घर गएका थिए । 

तर पंकजले रकम दिनुको साटो गोली हानी मनोजको हत्या गरे । अभियूक्त पंकज प्रहरीको नियन्त्रणमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप