तिहार मनाउन उपराष्ट्रपति पुन पुख्यौली घरमा
शनिबार, ०९ कात्तिक २०७६, १२ : ०७
रोल्पा-उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ ।
पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए ।
उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।
स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आएका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण