रोनाल्डो नखेल्दा युभेन्ट्स बराबरीमा रोकियो
शनिबार, ०९ कात्तिक २०७६, २३ : ४५
एजेन्सी-इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा आसिन युभेन्ट्सलाई कमजोर टोली लेसीको धक्का लागेको छ । शनिबार भएको खेलमा युभेन्ट्स लेसीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
लेसीको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाँडेको थियो । युभेन्ट्सका लागि पाउलो डिबालाले ५०औं मिनेटमा गोल गरेका थिए । ५६औं मिनेटमा लेसीका मार्को मन्कोसुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकियो ।
यस खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिइएको थियो । जसको असर युभेन्ट्सलाई पर्यो । बराबरीसँगै युभेन्ट्सले नौ खेलबाट २३ अंक छ । आठ अंक बनाएको लेसी १६औ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण