जब मापसेको आरोपमा पक्राउ परेका व्यक्तिको पेटमै रक्सी बन्ने गरेको पत्ता लाग्यो !

एजेन्सी । अमेरिकामा सन् २०१४ मा मादक पदार्थ सेवन गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिको पेटमा नै रक्सी बनिरहेको पत्ता लागेको थियो । उनी ‘अटो ब्रुअर सिन्ड्रोम’बाट ग्रसित थिए ।
रिचमण्ड युनिभर्सिटी अफ मेडिकल सेन्टरका विशेषज्ञका अनुसार ‘अटो ब्रुअरी सिन्ड्रोम(एबीएस)’बाट पिडित व्यक्तिको पेटले ‘फङ्गल यिस्ट कार्बोहाइड्रेट्स’लाई अल्कोहलमा बदल्छ ।
ग्यास्ट्रो–एन्टेरोलोजीको रिपोर्टअनुसार सन् २०११ मा एक अपरेसन भएपछि त्यस व्यक्तिले एन्टिबायोटिक खान थालेको र त्यसपछि उक्त अवस्था सुरु भएको थियो ।
व्यक्तिको पेटमा रक्सी बन्न थालेकै समयमा भयभित हुने, चक्कर आउने, स्मरणमा ह्रास आउने समस्या सुरु भएको थियो ।
तथापि, एन्टिबायोटिकबाट यस्तो समस्या सुरु हुनु एकदमै दुर्लभ घटना हो । पछिल्लो ३० वर्षमा यस्ता पाँच घटनामात्र बाहिरिएका छन् ।
सन् २०१७ मा व्यक्तिलाई प्रो–बायोटिक एन्टी फङ्गल दवाई दिइयो र साथमा कम कार्बोहाइड्रेट युक्त खाने सल्लाह दिइयो ।
त्यसले उनको अवस्थामा कमी आयो । यस विषयलाई अक्टोबर महिनाको अन्त्यमा अमेरिकन कलेज अफ ग्यास्ट्रोएन्टेरोलोजीको वार्षिक बैठकमा प्रस्तुत गरिनेछ ।
विशेषज्ञका अनुसार समस्या सुधार नभएको समयमा व्यक्तिको पेट र दिसामा अत्यधिक मात्रामा साशारोमाइसेस सेरेविसिए नामको फङ्गस पाइएको थियो ।
यो फङ्गसलाई ‘ब्रुअर यीस्ट’ भनिन्छ । किनकि रक्सी बनाउनु अघि अन्नलाई कार्बोहाइड्रेटमा बदल्नको लागि यसको प्रयोग हुन्छ ।
कुनै व्यक्तिले कार्बोहाइड्रेटयुक्त खाना सेवन गरेको छ भने पनि उसको रगतमा रक्सीको मात्रा बढ्छ । कहिलेकाँही यो मात्र ४०० मिली लिटरसम्म पुग्छ । यो मात्रा अमेरिकामा मदिरा पिएर गाडी चलाउने दिइएको सीमाभन्दा ११ गुणा बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आर्थिक अवस्थालाई केन्द्रमा राखेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भन्दै रिट, सर्वोच्चको कारण देखाऊ आदेश
-
६३ दिनदेखि इटहरीकी शाखा अधिकृत बेपत्ता, लाखौँ रकम लिएकी थिइन् सापटी
-
मेरो व्यक्तिगत प्रतिष्ठा र राजनीतिक मर्यादामा आघात पुर्याइयो : विष्णु पन्थी
-
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा पक्राउ
-
अनेमसंघ (समाजवादी) को अध्यक्षमा सिग्देल चयन
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?