कुकुर तिहार : प्रहरी तालिम केन्द्रमा कुकुरहरुको कौशल प्रदर्शनदेखि पूजासम्म
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आइतबार कुकर तिहार तथा लक्ष्मीपूजा । यसवर्ष तिथिको घटबडका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो ।
हिन्दु परम्परा अनुसार कात्र्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानरुपमा कुकुरको पुजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो ।
यसै अवसरमा नेपाल प्रहरीले महाराजगन्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी कुकुर पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरुको पूजा गरेको हो ।
केन्द्रिय प्रहरी तालिम स्कुलबाट तालिम प्राप्त कुकुरहरुलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गर्ने गरिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरहरुलाई तालिम दिने गर्दछ ।
हेरौँ तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण