जुवाडे छुटाउन सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट : छुट्ने सम्भावना कति ?

काठमाडौँ । शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।
तिहारको चाड परेको भनेर एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । रेखाले आइतबार अपरान्ह ३ बजे सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरी छुटाउन आग्रह गरेकी छिन् ।
रेखाको रिटमाथि सोमबार सर्वोच्च अदालतमा पक्राउ र थुना गैरकानुनी हो कि होइन भनेर बहस हुनेछ र गैरकानुनी देखिए थुनामुक्त हुनेछन् ।
के हो बन्दी प्रत्यक्षीकरणको रिट ?
थुनामा राख्नु नै नपर्ने कुनै व्यक्तिलाई पक्राउ गरी थुनामा राखिएमा वा गैरकानुनी थुनामा राखिएमा त्यस्ता व्यक्तिलाई बन्दी प्रत्यक्षीकरणको रिटमार्फत थुनामुक्त हुन सक्नेछन् ।
थुनामै रहेका व्यक्ति वा उनका आफन्तले अदालतमा यस्तो रिट दिइ २४ घण्टाभित्र बहस भई त्यस्ता व्यक्ति थुनामुक्त हुन पनि सक्नेछन् ।
प्रहरीले व्यक्तिलाई पक्राउ गर्दा प्रक्रिया नपुर्याएको वा थुनामा राख्नुपर्ने कारण नै नभएको अवस्थामा त्यस्तो व्यक्तिलाई थुनामुक्त गरिने हुन्छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीको कसुर वा गल्तीको मूल्याङ्कन नगरी उसको थुना कानुन बमोजिम छ कि छैन भनेर मात्रै जाँच गरिन्छ र गैरकानुनी देखिएमा अदालतले छाड्ने आदेश दिन सक्छ ।
छुट्ने सम्भावना कति ?
शनिवार राती पक्राउ परेका जुवाडेहरु रङ्गेहात पक्राउ परेका थिए भने उनीहरुको साथबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेकसमेत बरामद भएको थियो । त्यसबाहेक प्रहरीले पक्राउ गर्दाको समयमा फोटो र भिडियोसमेत खिचेको छ ।
जुवाखालबाटै नगदसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले जरुरी पक्राउ पुर्जी दिएको छ । प्रहरीले सबै कानुनी प्रक्रिया पूरा गरी जुवाडे समातेको कारणले पनि उनीहरु बन्दी प्रत्यक्षीकरणको रिटबाट छुट्न सक्ने सम्भावना कम रहेको एक पूर्व प्रधानन्यायाधीशले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता