दिपावली पार्टीमा ऐश्वर्याकी म्यानेजरको लुगामा आगो लाग्यो, शाहरुखले बचाए
एजेन्सी । ‘जलसा’ मा आयोजित दिपावली पार्टीमा ऐश्वर्या रायकी म्यानेजर अर्चना सदान्दको लेहेङ्गामा दियोबाट आगो सल्किँदा उनको हात र खुट्टामा गम्भीर चोट लागेको छ ।
उक्त घटना हुँदा शाहरुख खानले उनको लुगामा लागेको आगो निभाउँदै ज्यान बचाएका थिए । घटनामा शाहरुखलाई पनि सामान्य चोट लागेको छ ।
यसअघि टिभी अभिनेत्री निया शर्मा पनि यस्तै घटनाको शिकार बनेकी थिइन् ।
पार्टीमा अर्चना आफ्नो छोरीसहित पुगेकी थिइन् । रातिको करीब तीन बजे उनको लहेङ्गामा दियोको आगो सल्किएको थियो । त्यहाँ उपस्थित शाहरुखले हत्तपत्त आफ्नो ज्याकेट फुकालेर आगो निभाएका थिए ।
घटनामा अर्चनाको हात र खुट्टामा गम्भीर चोट लाग्यो भने शाहरुखलाई सामान्य चोट लाग्यो । डाक्टरका अनुसार अर्चनाको हात १५ प्रतिशत जलेको छ ।
महानायक अमिताभ बच्चनको घर जलसामा आयोजित उक्त पार्टीमा बलिउडका कयौँ हस्तीहरु उपस्थित थिए । जसमा शाहरुख–गौरी खानको साथै कटरिना कैफ, करीना कपुर, विराट कोहली, अनुष्का शर्मा, विपाशु वासु, करण सिंह ग्रोवर, अक्षय कुमार, ट्वीङ्कल खन्नालगायत थिए । फिल्मी दुनियाँका अलवा व्यवसायी मुकेश अम्बानी, नीता अम्बानी, पूर्व क्रिकेटर जहिर खानलगायत पनि पार्टीमा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण