दिल्लीमा आकाशे पुल नै चोरी
नयाँदिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा आकाशे पुल नै चोरी भएको छ । सन् २०१० मा बनाइएको एउटा आकाशे पुलका विभिन्न सामान चोरी भएको हो । सामान चोरी भएकै कारण दुई वर्षयता उक्त पुल प्रयोगविहीन अवस्थामा छ ।
जवाहरलाल नेहरु रंगशाला अगाडि बनाइएको उक्त पुल निर्माण सम्पन्न भएको केही महिनापछि नै चोरी हुन थालेको हो । पुल सञ्चालन हुँदा सातामा १० हजारभन्दा बढी पैदलयात्रुले उक्त पुल प्रयोग गर्दथे । पुलमा प्रयोग भएका रेलिङ, इँटा, फलामका विभिन्न सामान चोरी भएको बताइएको छ । विभिन्न सामान चोरिएको अवस्थामा जीर्ण बनेको उक्त पुल के गर्ने भन्नेबारे सम्बन्धित निकायले अझै निर्णय लिइसकेको छैन ।
प्रहरीले पुल चोरीमा संलग्नमाथि कारवाही प्रक्रियासमेत सुरु गर्न सकेको छैन । दिल्ली प्रहरीले पुल चोरी भएको उजुरी नै नआएको भन्दै उजुरीविना अनुसन्धान तथा कारवाही प्रक्रिया सुरु गर्न नसकिएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण