२९ कात्तिकलाई सर्यो ‘सरौतो’
काठमाडौं – २२ कात्तिकबाट देशभर प्रदर्शनमा आउने भनिएको फिल्म ‘सरौतो’ सरेको छ ।
गत ८ गते रिलिज हुन नसकेको फिल्म ‘घामट शेरे’ २२ कात्र्तिकमा रिलिज हुने भएपछि ‘सरौतो’ एक साता पछि सरेर २९ कात्र्तिमा पुगेको हो ।
बितरकहरुको सरसल्लाह बमोजिम फिल्म ‘सरौतो’ सारिएको निर्देशक हरि हुमागाइले जानकारी दिए ।
‘हामीले घोषणा गरेको मितिमा एकसाथ धेरै फिल्म भएपछि र ‘घामड शेरे’को रिलिज फेरबदलका कारण ‘सरौतो’को रिलिज हेरफेर गरेका हौं ।’ हरिले थपे ।
‘सरौटो’ अव कात्र्तिक २९मा फिल्म ‘माछा माछा’ र ‘मिस्टर नेपाली’सँग भिड्ने छ ।
सुमीका मोक्तान, सन्नी सिंह, विजय लामा, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको फिल्ममा अभिनय देख्न सकिन्छ ।
विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ ।
उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण