बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्छ: गच्छदार

शुक्रबार, १५ कात्तिक २०७६, २२ : २६
शुक्रबार, १५ कात्तिक २०७६

विराटनगर-नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी मङ्सीर १४ गते हुने उपनिर्वाचनले सङ्घीय प्रणाली कार्यान्वयनमा सघाउ पुग्ने बताएका छन् ।
    
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न उपनिर्वाचनबाट मद्दत पुग्ने बताए । काङ्ग्रेस संसदीय दलका उपनेता समेत रहेका नेता गच्छदारले पार्टीको आजको बैठकले धरान उपमहानगरपालिकाका प्रमुखका लागि तिलक राईलाई सर्वसम्मत् उम्मेदवार छनोट गरेको जानकारी दिए । उनले कात्तिक १७ गते बस्ने काङ्ग्रेस पदाधिकारी बैठकले अन्य उम्मेदवार सर्वसम्मत रुपमा छनोट गर्ने बताए । 

“अहिले पार्टीभित्र कुनै गुटउपगुट छैन”, उनले भने । आगामी उपनिर्वाचनले जनताको अभिमत र भावनालाई बाहिर ल्याउने तर पार्टीले यसलाई प्रतिष्ठाको विषय नबनाएको उपसभापति गच्छदारको धारणा थियो । आगामी उपनिर्वाचनलाई सरकारको कामको जनताले गर्ने मूल्याङ्कनको परिणामका रुपमा हेर्नुपर्ने उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप