कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्रीको बधाई
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् । भर्खर कप्तानमा नियुक्त भएका मल्ललाई दुई दिनपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मल्ललाई बधाई दिएका हुन् ।
‘नेपाली क्रिकेट टोलीको कप्तान बनेकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन् । प्रधानमन्त्री ओलीले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास सहित शुभकामना पनि व्यक्त गरेका छन् ।
टोलीका नियमित कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई बुधबार कप्तानमा नियुक्त गरेको थियो । कप्तान बनेका मल्ललाई यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिज्ञ तथा सर्वसाधारणले पनि बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान