कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्रीको बधाई
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् । भर्खर कप्तानमा नियुक्त भएका मल्ललाई दुई दिनपछि प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मल्ललाई बधाई दिएका हुन् ।
‘नेपाली क्रिकेट टोलीको कप्तान बनेकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन् । प्रधानमन्त्री ओलीले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास सहित शुभकामना पनि व्यक्त गरेका छन् ।
टोलीका नियमित कप्तान पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले मल्ललाई बुधबार कप्तानमा नियुक्त गरेको थियो । कप्तान बनेका मल्ललाई यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिज्ञ तथा सर्वसाधारणले पनि बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण