गुल्मीमा दुई बालकसहित ३ जनाको बेबारिसे शव
शनिबार, १६ कात्तिक २०७६, १४ : २५
बुटवल । गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेको छ । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र अन्दाजी ७/८ वर्षीय २ बालकको शव बेबारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।
कच्ची सडकबाट ४ मिटर दूरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दूरीमा २ जना बालकको शव फेला परेको प्रहरीको भनाइ छ ।
घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षकको कमाण्डमा एक टोली पठाइएको एसपी खड्काले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण