शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा दुई बालकसहित ३ जनाको बेबारिसे शव

शनिबार, १६ कात्तिक २०७६, १४ : २५
शनिबार, १६ कात्तिक २०७६

बुटवल । गुल्मीमा बेवारिसे अवस्थामा ३ वटा शव फेला परेको छ । शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिला र अन्दाजी ७/८ वर्षीय २ बालकको शव बेबारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

कच्ची सडकबाट ४ मिटर दूरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दूरीमा २ जना बालकको शव फेला परेको प्रहरीको भनाइ छ । 

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षकको कमाण्डमा एक टोली पठाइएको एसपी खड्काले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप